प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको छैटौँ अधिवेशनको ३७ औँ बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने रहेको छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुदलगायत मन्त्रालयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

Samsad Dhwxq1liyl

June 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको