काठमाडौं । मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ ।
रसुवा, मनाङ, हुम्ला र डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण भएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेङ्गीका मुख्य लक्षण हुन् । डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।

June 23, 2025, Jyotishsanchar press

