प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणका लागि स्पेन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गर्नुभएको छ ।

शनिबार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो।

स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधिसमेत रहनेछ । परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारीसहितको टीमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा रहेका छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता रहेको छ । प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ।

Oli Spen Ma

June 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको