आज काभ्रे पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदैछ ।

बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता, १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायत सरोकारवालाहरुको उपस्थितीमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिन लागिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाको सभा हलमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको छ । यसअघि जिल्लाका १३ वटै स्थानीय तह पूर्णखोप तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।

बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापानीज इन्सेफलाइटिसविरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

Kavre Health Office

July 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको