डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी छः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताउनुभएको छ।

बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताउनु भयो । उहाँले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिनुभयो ।

डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार गर्नुभयो । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताउँदै उहाँले डेंगी समस्याभन्दा माथि गइसकेको बताउनु भयो ।

मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताउनु भयो ।

1752646911 Qxjt3

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको