आजकाे माैसमः पानी पार्ने प्रणाली पश्चिमतिर सर्‍यो

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।

यस अवधिमा सुदूरपश्चिम प्रदेशका डोटी र डडेल्धुरा जिल्ला, मधेस प्रदेशको सप्तरी जिल्ला, बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालगायत भूभागमा बढी वर्षा भएको महाशाखाले जनाएको छ।

‘तथापि वर्षा गराउने प्रणाली केही कमजोर भई पश्चिम दिशातिर सरिरहेकाले हाल वर्षा कम हुँदै गइरहेको र कुनै उल्लेखनीय खतरा नरहेको जानकारीका लागि अनुरोध छ’, महाशाखाले आज बिहान ४:४० बजे जारी गरेको सूचनामा भनिएको छ।

Rain 6 Mausam

August 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको