सोह्रखुट्टे सडकमा पर्यटक बस: व्यवस्थापनको अभावले समस्या

काठमाडौँ । काठमाडौँमा पर्यटक बस सञ्चालनका लागि व्यवस्थित बसपार्क नहुँदा पर्यटकहरू सास्ती खेपिरहेका छन्।

सार्वजनिक सवारीका लागि गोँगबुस्थित नयाँ बसपार्क भए पनि पर्यटक बसका लागि छुट्टै व्यवस्था छैन।

यसका कारण पर्यटक बसहरू सोह्रखुट्टे सडकमा पार्किङ गरी सञ्चालन भइरहेका छन्, जसले यातायात अव्यवस्थित बनाएको छ। दैनिक हजारौँ पर्यटकले यसै मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

टुरिस्ट बस एसोसिएसन अफ नेपालले लामो समयदेखि बसपार्क निर्माणको माग गर्दै आए पनि सम्बन्धित निकायबाट अपेक्षित ध्यान नपाएको जनाएको छ। उचित टर्मिनल नहुँदा पर्यटकले असहज अनुभव बटुलिरहेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको