काठमाडौँ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ।
कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुमपूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुमपूर्वमा निकै ठूलो पानी परेको बताइएकाे छ।
काठमाडौँ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

August 22, 2025, Jyotishsanchar press

