आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडाैं । हाल पूर्वदेखि पश्चिमसम्मका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र लुम्बिनीको पहाडी र तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

Winter Rain

August 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको