काठमाडौं । आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी प्रदेश, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेश प्रदेशको तराई र गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

August 29, 2025, Jyotishsanchar press

