चार मन्त्रीले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ।

आज निर्वाचित चार मन्त्रीहरुमा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेल रहेका छन् । सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय, महावीरलाई शिक्षा, विज्ञान प्रविधि, मदन परियारलाई कृषि मन्त्रालय र खरेललाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे राष्‍ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।

आजै राष्‍ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्‍ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

Naya Mantri Sushila

September 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको