काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो।
यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेका जेनजी पुस्ताले पनि नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने छन् ।

September 24, 2025, Jyotishsanchar press

