काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितीमा रहेको भन्दै पारिवारिक र सांस्कृतिकरूपमा मात्रै यो पर्व मनाउन बाध्य भएको बताएका छन् । आज दशैंकाे शुभकामना दिँदै उनले यस्ताे बताएका हुन् ।
उनले देशको दर्पणमा आफ्नो अनुहार हेर्न सबैलाई आग्रह गरेका छन् । बिगार्ने, भत्काउने, जलाउनेतिर नै राजकाज धेरै खटिएको भन्दै अब बिगार्न होइन सपार्नेतिर कार्यक्रम अघि बढ्नुपर्नेमा पूर्वराजा शाहले जोड दिएका छन् ।
बडादशैँको शुभकामना दिने क्रममा निर्मल निवासले नेपालीका नाममा गरेको सम्बोधनका क्रममा उक्त कुरा व्यक्त गरिएको हो ।

September 28, 2025, Jyotishsanchar press

