बाढीपहिराेबाट भएकाे जनधनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायत देशका विभिन्न स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी हुन्। उनले राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर गरेकी छिन्।

‘विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु,’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्।

Sushila Sapath

October 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको