आज देशभर कुनै मौसम प्रणालीको प्रभाव छैन

काठमाडौँ । असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया माैसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।

Rain 6 Mausam

October 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको