आज देशभर मौसम सफा रहने पूर्वानुमान

काठमाडौं। आज देशभर मौसम सफा रहनेछ। आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत: सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशभर मौसम मुख्यत: सफा रहनेछ।

Hot Waether Mausam Garmi

October 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको