प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
Supreme1611048809 1739774916

May 5, 2025, Jyotishsanchar press

काठमाडौँको प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेश वा उचित आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश र कारण देखाऊ आदेश नहुने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिटमाथि अन्तरिम आदेश नहुने आदेश गरेको हो ।

कानुनका विद्यार्थी विवेक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्‍न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्‍व भाषा क्याम्पस लगायत शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको बताउँदै उक्त क्षेत्रमा राजनीतिक प्रदर्शनी रोक्न माग गर्दै आइतबार रिट निवेदन दर्ता गरेका थिए ।

राजनीतिक प्रदर्शनीका कारण नजिकै रहेको पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

काठमाडौँ महानगरपालिकामा रहेको प्रदर्शनी मार्गमा नेपाल ल क्याम्पस लगायत अन्य शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी र काठमाडौँ मोडेल अस्पतालमा आउने बिरामीलाई प्रदर्शनी मार्गको सडकमा हुने प्रदर्शनीले विद्यार्थीको स्वच्छ वातावरणमा पढ्न पाउने हक, स्वतन्त्रताको हक र बिरामी उपचार गर्न पाउने हक तथा समग्रमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकार नै हनन हुन गएको रिटमा दाबी गरिएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको