रसुवागढी नाकाबाट ९ महिनामा ३१ अर्बभन्दा बढी आयात, ६ अर्ब राजस्व सङ्कलन

काठमाडाैं । चालु आर्थिक वर्षको नौ महिनामा रसुवागढी नाकाबाट रु ३१ अर्ब ३० करोड बराबरका सामान आयात भएका छन्। रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार यस अवधिमा आयातित सामग्रीको मूल्याङ्कनबाट रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गरिएको छ।

नाकाबाट आयात हुने प्रमुख सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय (इभी) गाडी, जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी उपकरण र ‘फास्ट ट्र्याक’ आयोजनाका सामग्री रहेका छन्।

त्यस्तै, नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री, परम्परागत कपडा, बाँसका मुढा, चौँरीका लागि सुक्खा घाँस, चाउचाउ र बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्। सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको