काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समाजका मुद्दालाई पार्टीको एजेण्डा बनाउने विषयमा नेताहरूले धारणा राखिरहेका छन्।
मंगलवारदेखि जारी बैठकमा बिहीवार पनि केन्द्रीय सदस्यहरूले ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीबारे छलफल गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
उनका अनुसार पार्टीको १५औँ महाधिवेशनबाट पारित दस्ताबेजअनुसार समाजका मुद्दालाई पार्टीको एजेण्डामा समेट्ने विषयमा समेत छलफल भइरहेको छ।

