काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाएको छ ।
शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो।
हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट प्रतिकारोबार २५ हजार रुपियाँ झिक्न सकिन्छ। त्यसैगरी दैनिक एक लाख र मासिक चार लाख रुपियाँको सीमा तोकिएकोमा अब भने प्रतिकारोबार एटिएमबाट २० हजार झिक्न सकिन्छ ।
यस्तै दैनिक ५० हजार र मासिक तीन लाख रुपियाँ मात्रै झिक्न सकिने छ। बैङ्क तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँको सीमा भने यथावत छ।

October 11, 2025, Jyotishsanchar press

