नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन स्थगित, सहमतिका लागि समिति गठन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने मिति भने तय गरिएको छैन।

दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। निर्वाचन समिति सदस्य पुष्पा भुसालका अनुसार समितिमा प्रदीप पौडेल, गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश, सदस्य भुसाल तथा अर्का सदस्य राजु कटुवाल रहेका छन्।

पुष्पा भुसाल कांग्रेसकी उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री हुन्। निर्वाचन कहिले हुने वा सहमतिमै नेतृत्व चयन हुनेबारे केहीबेरमा निर्वाचन समितिले विज्ञप्तिमार्फत जानकारी दिने सदस्य भुसालले बताएकी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको