काठमाडौँ। दशैं बिदापछि गत आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य शुक्रबार घटेकाे भएपनि शनिबार पुनः बढेकाे छ।
आज सुन तीन हजारले बढेकाे छ। याे सँगै सुनकाे भाउ प्रतिताेला २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार चाँदीकाे भाउ पनि बढेकाे छ ।
शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शनिबार बढेर तोलामा ३ हजार १२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीकाे मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

October 11, 2025, Jyotishsanchar press

