काठमाडौँ। आज सुन र चाँदी दुवैकाे मूल्य स्थिर छ । शनिबार तीन हजारले बढेकाे सुनकाे मूल्य आज भने स्थिर रहेकाे हाे । याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ३८ हजार रुपैयाँ कायम भएकाे छ।
दशैं बिदापछि गत आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य शुक्रबार घटेकाे थियाे । भएपनि शनिबार पुनः बढेकाे भए पनि आज भने स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
यस्तै शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शनिबार बढेर तोलामा ३ हजार १२५ रुपैयाँ पुगेको थियाे । चाँदीकाे मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेकाे हाे । आज स्थिर रहँदै साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

October 12, 2025, Jyotishsanchar press

