काठमाडौँ। साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ।
नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५०३.३५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ११.९१ अंक, फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंकले घटेका छन् ।
आइतबार कारोबार रकम भने बढेको छ। गत बिहीबारको तुलनामा झण्डै डेढ अर्बले बढेकाे हाे। ३२४ कम्पनीका ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबर काराेबार भएकाे छ । बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएको थियो।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक ६.०१ प्रतिशतले बढेको छ भने बुटवल पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.२७ प्रतिशतले घटेको छ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशत र राधी विद्युत कम्पनीको मूल्य साढे ८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज १३ वटै उपसमूहको परिसूचक घटेको छ।

October 12, 2025, Jyotishsanchar press

