काठमाडौँ । नेप्से परिसूचक आज ४४.२५ अंकले बढेको छ । १.७६ प्रतिशत बढेर नेप्से २ हजार ५४७.६० विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो ।
आज कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैंयाँको खरिदबिक्री भएको छ। आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैंयाँको काराेबार भएको थियो ।
आज २०० कम्पनीको शेयर मूल्य बढेको छ। यस्तै, ४४ कम्पनीको मूल्य घटेको छ। आठ कम्पनीको मूल्य स्थिर छ।

October 13, 2025, Jyotishsanchar press

