काठमाडौँ। आज सुन र चाँदी दुवैकाे मूल्य उच्च बृद्धि भएकाे छ। आज सुन ८ हजार एक सय र चाँदी १२५ रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे ।
याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने ३ हजार ३२५ रुपैयाँ पुगेको छ। यी दुवै मूल्य अहिलेसम्मकै उच्च हाे ।
दशैं बिदापछि गत असाेज १९ गते आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत शुक्रबार घटेकाे थियाे । शनिबार पुनः बढेकाे भए पनि आइतबार स्थिर रहेकाे थियाे। साेमबारदेखि बढेकाे सुनकाे मूल्य आज एकै दिन ८ हजार १०० ले बढेकाे हाे ।

October 14, 2025, Jyotishsanchar press

