काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
निगमका अनुसार अब काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ पर्नेछ । यस्तै सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ।
डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएकाे छ ।

October 15, 2025, Jyotishsanchar press

