यस्ताे छ आजकाे विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ। आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

Dolor

October 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको