आज नेप्से १८.४० अंकले घट्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १८.४० अंकले घटेको छ। नेप्से घटेर २ हजार ४८७.१७ विन्दुमा पुगेको हो । आज ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकाे छ ।

आजकाे कारोबारमा १९७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको मूल्य बढेकाे छ । आज ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेकाे नेप्सेले जनाएकाे छ।

आज बैंकिङ र म्यूचुअल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आज हिमालयन पावर पार्टनरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने समाज लघुवित्तको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

Nepse Down

October 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको