कात्तिक महिनाका लागि थप घट्याे

काठमाडौँ। वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर थप घटाएका छन्।

सार्वजनिक ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो । कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकका बढाएका छैनन्।

कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेको छ। असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.४६३५ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.२००५ प्रतिशत कायम भएको बैंकहरूले जनाएका छन् ।

यस्तै व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत कायम भएको छ। ग्लोबल आईएमई र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेका छन्।

६ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, कुमारी र हिमालयन छन् ।

असोजको तुलनामा कात्तिकमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन्।

Bank

October 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको