आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैंयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैंयाँ ०७ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ११ पैसा र बिक्रीदर १०० रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैंयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९८ पैसा र बिक्रीदर २२ रुपैयाँ ०७ पैसा तोकिएको छ।

Dolor

October 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको