सुनकाे मूल्य आज भने ह्वात्तै घट्याे

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा प्रतिताेला २ लाख ५८ हजारमा कारोबार भएको सुनको मूल्य आज भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने ७५ रुपैंयाँ घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ।

Gold

October 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको