पर्सा । चालु आर्थिक वर्षको तीन महिनामा वीरगन्ज भन्सार कार्यालयले ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ। याे लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन हो ।
भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियाे।
“चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व सङ्कलनमा केही वृद्धि देखिएको छ”, वीरगन्ज भन्सार कार्यालयले भनेकाे छ।

October 21, 2025, Jyotishsanchar press

