मकवानपुर। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा कुल बजेटको करिब छ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात् चार अर्ब १७ करोड ९१ लाख २६ हजार खर्च भएको छ।
चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको हाे। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ ।

October 21, 2025, Jyotishsanchar press

