आज विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १२ पैसा र बिक्रीदर ९१ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ९० पैसा र बिक्रीदर १०८ रुपियाँ ३६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८३ पैसा र बिक्रीदर १६३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १५ रुपियाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८० पैसा र बिक्रीदर २१ रुपियाँ ८९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६५ पैसा कायम भएको छ।

Dolor

October 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको