काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बृद्धि भएको छ । आज ५.१९ अंकले बढेर नेप्से २ हजार ५०९.०४ अंकमा पुगेको हो ।
तिहार बिदापछि लामो समयपछि शेयर कारोबार हुँदा आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको कारोबार भएकाे छ ।
नेप्सेमा कारोबार भएका मध्ये १४६ कम्पनीको शेयर मूल्य बढ्याे भने ९८ कम्पनीको मूल्यमा गिरावट आएकाे छ । त्यस्तै, ४ वटा कम्पनीको मूल्य भने आइतबार स्थिर रहेकाे नेप्सेले जनाएकाे छ ।

October 26, 2025, Jyotishsanchar press

