आज पनि सुनकाे मूल्यमा गिरावट

काठमाडौँ। तिहार बिदापछि खुलेको बजारमा आइतबारदेखि सुनको मूल्य घट्न थालेकाे छ। साेही क्रमले आज पनि निरन्तरता पाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको थियाे भने साेमबार दुई हजारले घट्याे । मंगलबार पनि सुन २ हजार ९०० ले घटेकाे छ । यससँगै २ लाख ३७ हजार कायम भएको छ। दशैंपछि सुनको मूल्य ह्वात्तै बढेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज ६० रुपैंयाँ घटेर २ हजार ९२० कायम भएकाे महासंघले जनाएकाे छ ।

Gold

October 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको