आज घट्याे शेयर बजार

काठमाडौँ । मंगलबार उच्च अंकले बढेकाे शेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक आज ५.१७ अंकले घटेर २ हजार ५६६.१६ विन्दुमा झरेको हाे। मंगलबार ६६ अंकले बृद्धि भएको थियाे । आज सेन्सेटिभ इण्ड‍ेक्स ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा पुगेको छ।

नेप्सेमा आज करिब साढे ५ अर्बको कारोबार भएको छ। आज ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भए ।

खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर ९.९८ प्रतिशतले बढेकाे छ।

Nepse Down

October 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको