एकै दिन ४ हजार ९०० रुपैंयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेकाे छ। आज सुन तोलामा ४ हजार ९०० रुपैंयाँ बढेको हाे । साेमबार २ हजार ९०० रुपैंयाँ बढेको थियाे ।

गत आइतबार तोलामा २ लाख ३८ हजार ६०० रुपैंयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियाे । आज २ लाख ४६ हजार ४०० रुपैंयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदीको मूल्य १०५ रुपैंयाँ बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैंयाँ कायम भएको चाँदीको मूल्य सोमबार ३ हजार ६५ रुपैयाँ कायम भएको थियाे । आज ३ हजार १७० रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Gold

November 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको