नेप्से ३.२१ अंकले बढ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार सामान्य अंकले बढेको छ। नेप्से ३.२१ अंकले बढेको हो ।

यससँगै आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैंयाँ बराबरको शेयर कारोबार भएकाे छ । बढेसँगै नेप्से २ हजार ५६५.१६ बिन्दुमा पुगेको छ । आज १०२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको मूल्य बढेकाे छ। १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे । नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए।

Share

November 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको