काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो ।
निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैंयाँ र डिजेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैंयाँ र डिजेलको मूल्य १४७ रुपैंयाँ पुगेको निगमले जनाएको छ। यो मूल्य कार्तिक ३० गते बिहान १ बजेदेखि कायम हुनेसमेत निगमले जनाएको छ।

November 16, 2025, Jyotishsanchar press

