दाउन्नेमा पर्सि २७ गतेदेखि दैनिक ६ घण्टासम्म सडक बन्द हुने
Daunne T22nxa1lot

April 7, 2025, Jyotishsanchar press

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा पर्सि २७ गतेदेखि यातायात बन्द गरेर काम हुने भएको छ ।

चैत २७ गतेदेखि ३१ चैतसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो । सडक विभागको आयोजना निर्देशनालयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।

आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालबाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नको लागि ठाउँ छुट्याइएको छ ।

त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालबाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ । गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको