
April 8, 2025, Jyotishsanchar press
राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने बताएकी छन् ।
बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै आगामी सात गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरिन् ।
‘रगत तातेको छ । हाम्रा नेताहरू जेलमा छन् । तुरुन्तै निकालियोस् नेताहरूलाई । यो सुरुवात हो । राजतन्त्र पुनर्स्थापना नभएसम्म अव ७ गतेदेखि यहीँ बस्छौ, यही खान्छौ यहीँ सुत्छौ’, पोखरेलको भनाइ छ ।

