नारायणगढ-बुटवल सडक: दाउन्ने खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने
Daunne Sadak O2gqjclrwu

April 9, 2025, Jyotishsanchar press

नारायणगढ-बुटवल सडक योजनाले नवलपरासीको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ।

चैत ३१ गतेसम्म यो समयमा सडक बन्द कायम रहने उनले बताए। वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुने खनालको भनाई छ। रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको