रविको ज्यान खतरामा रहेको भन्दै रास्वपाले बुझायो मानव अधिकार आयोगलाई पत्र
Rsp Kxbbpkll3y

April 9, 2025, Jyotishsanchar press

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ज्यान खतरामा रहेको भन्दै मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइएको छ। पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा रविलाई पक्राउ गर्दा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न भनिएको छ।

उनले भने, ‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो।’

बुर्लाकोटीका अनुसार पक्राउका लागि पुगेका प्रहरीको शैली र अभिव्यक्तिले रवि लामिछानेको जिउज्यान खतरामा रहेको देखिएकोले ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक कारबाही गर्न भनिएको छ।

गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर  पक्राउ गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको