वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
Pahiro Sadak Zukrcbts7p

April 10, 2025, Jyotishsanchar press

वर्षासँगै पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। गएरातिकाे वर्षापछि देशका नौवटा सडकमा पहिरो खसेको हो।

पहिरोले रुकुम पश्चिम, कालीकोट, सल्यान लगायतका जिल्लामा मुख्य राजमार्ग नै पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको मुसिकोट ११ पृतिवाङमा पहिरो खस्दा हिजोदेखि नै राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि जाजरकोटको पचालझर्ना ८ मा पनि पहिरो खस्दा सुर्खेत जुम्ला सडक पनि अवरुद्ध भएको छ।

सल्यानमा पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। कतिपय ठाउँमा खसेको पहिरो पन्छाएपछि सडकमा गाडी गुड्न थालेका छन्।

बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ।

बिहीबार साँझ भएको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको