वैशाख ५ गते नेपाल आउने भए कार्लोस
Roberto Carlos Nepal Kdx47ohd42

April 11, 2025, Jyotishsanchar press

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो ।

एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् ।

उनका अनुसार कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनेछन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको