
April 11, 2025, Jyotishsanchar press
बिहीबार तोलामा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा आज पनि व्यापक वृद्धि भएको छ।
शुक्रबार सुन तोलामा तीन हजार नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँ पुगेको छ। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
सुन बुधबार तोलामा दुई हजार र बिहीबार पाँच हजार सातसय रुपैयाँ बढेको थियो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार एकसय रुपैयाँ पुगेको थियो।
चार दिनमा ६९ सय रुपैयाँ घटेको सुनको मूल्य गएको बुधबारदेखि लगातार बढिरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर एक हजार नौसय पाँच रुपैयाँ पुगेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।

