
April 11, 2025, Jyotishsanchar press
भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउन झापाको भद्रपुरस्थित विमानस्थल लगिएको छ। उनलाई प्रहरीले हतकडी लगाएको छ।
भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याई भद्रपुरको विमानस्थल पुर्याइएको हो।
उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन्।
उनीहरूलाई बुद्ध एअरको अहिले बिहान ११:४८ बजेको उडानमा काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

