आफूलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च गए रवि लामिछाने
488766544 969079148773131 3613587752180357800 N

April 11, 2025, Jyotishsanchar press

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते गरेको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले आज सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने चैत २२ पक्राउ परेका छन्।  सोही दिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश गरेको थियो।

उच्च अदालतको आदेशलगत्तै उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो। उनलाई २३ गते विमानमार्फत बुटवल पुर्‍याइएको थियो। २५ गतेमात्रै उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएको थियो। त्यसपछि उनी कारागार चलान भएका थिए।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको